रुकुम पुर्वमा बस दुर्घटना अपडेट: मृतकको संख्या ५ पुग्यो

रुकुम । रुकुम पुर्वमा गाडी दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस भुमे ३ मा दुर्घटना भएको हो ।

अहिलेसम्म ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुने एक जना बालक रहेका छन् । १३ जना घाइते भएका छन । २ जनाको अवस्था गम्भिर छ । घाइते सबैलाई रुकुम पुर्व अस्पतालमा ल्याइएको छ । गाडिमा १७ जना सवार रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।

मृतक र घाइतेको सनाखत हुन बाँकी छ । घाइतेको उपचारको लागि हेलिकप्टर बोलाउने समन्वय भैरहेको नरसिंङ दल गुल्मका सेनानी बाबुलाल जिसीले जानकारी दिए । हेलिकप्टर नेपाली सेनाको सुर्खेतबाट ल्याउने तयारी भइरहेको उनले बताए ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस