दशैँतिहार लक्षित सहुलियत पसल संचालन

दाङ। दसैं, तिहार, छठ जस्ता मुख्य चाडपर्व लक्षित सहुलियत पसल शनिबारदेखि सञ्चालनमा आएका छन् । सहुलियत पसल आगामी कार्तिक १५ गतेसम्म चल्नेछन् । दाङसहित ४१ जिल्लाका ४४ बिक्रि केन्द्रबाट ठाउँमा सहुलियत पसल संचालनमा आएका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार दाङको घोराही र तुलसीपुरबाट सहुलियत पसल संचालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका दाङका प्रमुख तिलक सुनारले सहुलियत पसलमा चामल स्टीम जिरा, सोना मनसुली, बासमति चामल, खसीबोका खरिद बिक्री गरिने बताए।

दाङ शाखाले यसवर्ष दशैँतिहारका लागि ७ सयवटा खसीबोका खरिद बिक्री गर्ने छ । सहुलियतमा सामान लिनको लागि नेपाल सरकारबाट मान्यता प्राप्त नागरिकता वा लासेन्सको प्रतिलिपी वा अन्य सरकारी कागजात हुनुपर्ने छ । खाद्यको दाङ शाखाले कणरली प्रदेशमा पनि सहुलियतमा चामल बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार
प्रतिक्रिया दिनुहोस