अबदेखि हाटबजार लाग्ने

तुलसीपुर । दाङको तुलसीपुरमा अबदेखि प्रत्येक साताको शनिबार हाटबजार लाग्ने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको तरकारी बजार परिसरमा साताको एकदिन शनिबार हाटबजार संचालन हुने वडा अध्यक्ष दुजमान भण्डारीले जानकारी दिए । स्थानीय कृषि तथा पशुपंक्षीजन्य उत्पादनलाई बजारीकरण गर्नका लागि हाटबजार लगाउने तयारी गरिएको अध्यक्ष भण्डारीले बताए ।
सडक पेटिमा राखेर जथाभावि बिक्री गरिने कृषिजन्य बस्तुको व्यापारलाई हाट बजारले घटाउँदै लैजाने बताउँदै अध्यक्ष भण्डारीले एकातर्फ उपभोक्ताले ताजा तरकारी उपभोग गर्न पाउने र अर्काे तर्फ कृषक गरेको उत्पादनले पनि बजार पाउने बताए ।
प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस