जलजला एजुकेशनल एकेडेमीद्वारा थवाङमा बाल दिवस

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका २ मा रहेको जलजला एजुकेशनल एकेडेमीले बुधबार एक कार्यक्रमको आयोजना गरेर बाल दिवस मनाएको छ । २०६६ सालमा स्थापना भएको विद्यालयले बुधबार राष्ट्रिय बाल दिवसका अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो ।
रोल्पासहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाईएको छ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ । जलजला एजुकेशनल एकेडेमी शिक्षक बाबुराम सुनारको अध्यक्षतामा गरिएको कार्यक्रममा विद्यार्थिहरुले बाल दिवस विशेष नृत्य, गित तथा साहित्यिक श्रृजनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपिल गोविन्द विकले घरपरिवारबाटै अभिवावकदेखि लिएर विद्यालयका शिक्षकहरु पनि बालमत्रै बन्न आवश्यक रहेको बताए । बालबालिकाको शिक्षण शिकाई प्रभावकारी बनाउनका लागि आफ्नो विद्यालयमा शिक्षक उनिहरुको मित्र जस्तै बनेर पढाउँदै आएको बताए ।
श्रृजना बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाली विषयकी शिक्षिका डोमा सुनारले गरेकी थिइन् ।