रुम जम्ने समस्याको दीर्घकालीन समस्या खोजौ : नगरप्रमुख

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले चुन ढुङ्गाका कारण रुम जम्ने समस्याको दीर्घकालीन रुपमा समाधाज खोजिने बताए ।

महाभारतका मूहान क्षेत्रबाट पानी ल्याउने पाइपमा रुम जम्ने समस्याका कारण खानेपानी आयोजना दीर्घकालीन रुपमा टिकाउ नहुने भएकाले मुहानमै पानी प्रशोधन केन्द्र निर्माण गरेर समस्याको समाधान खोजिने खड्काले बताए ।

खाद्रे खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १३आंै साधारण सभाको उद्घाटन गर्दै नगरप्रमुख खडकाले बढ्दो शहरीकरणलाई ध्यान दिदै थप क्षेत्रमा खानेपानी वितरण गर्नका लागि विस्तृत विवरण प्रतिवेदन तयार पारेर आयोजनाको क्षेत्र विस्तार गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले यस क्षेत्रको पानीको अभाव नरहेको व्यवस्थापन पक्ष मात्रै ध्यान दिए थप क्षेत्रमा धारण वितरण गर्न सकिने बताए । उनले वर्षाका कारण खानेपानीमा क्षति भएको अवस्थामा नगरपालिकाबाट तत्कालै सहयोग गरेर सञ्चालन गर्न सकिने बताए ।

संस्थाका अध्यक्ष हेमबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि द्घय तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तुलसी थापा, कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले खानेपानी संस्थाको विकासमा सहयोग गर्ने बताए ।

कार्यक्रममा पूर्ववडाध्यक्ष बालकृष्ण राणा लगायतकाले बोलेका थिए । २०३८ सालदेखि सुरु भएको आयोजनाले हाल तीन सय ६४ नीजी धारा वितरण गरेको छ भने अपांगता भएका रामबहादुर खड्का, चारवटा सार्वजनिक संस्थालाई निःशुल्क रुपमा धारा र पानी वितरण गरेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस