नवौ राष्ट्रिय खेलकुदका लागि जिल्ला स्तरीय खेलाडी छनोट सुरु

दाङ । ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि दाङ जिल्ला स्तरीय खेलाडी आजदेखि सुरु भएको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना एवं युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को तत्वावधानमा संचालन भएको प्रतियोगीताको उद्घाटन दाङका प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीले गरेका हुन् ।
उद्घाटन समारोलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले राष्ट्रको सान र पहिचानसँग जोडिएको खेलकुद क्षेत्रको विकास स्थानीय स्तरबाट हुनु पर्ने बताए । राष्ट्रको गौरव र पहिचानका रुपमा रहेको खेल क्षेत्रलाई उचाईमा पु¥याउन खेलकुद विकास र संघहरुको प्रयासले मात्र संभव छैन अब स्थानीय स्तरबाटै आम नागरिकको चासो र चिन्तन उत्तिकै आवश्यक छ उनले भने ।

साथै उनले नवौ राष्ट्रिय खेलकुद खेलाडीको भविष्य कोर्ने एउटा ऐतिहाँसिक अवसर भएकाले अनुशासनको उच्च आदर्शलाई आत्म साथ गर्दै आफ्नो कला कौशल प्रस्तुत गर्न खेलाडीलाई आग्रह समेत गरे । प्रतियोगिताको उद्घाटन समारोह दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको अध्यक्षतामा तथा दाङका प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यमा भएको थियो । सो अबसरमा जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलि, रनसिह दल घोरहीका निमित्त गणपति भागिरथ महत, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य टेकबहादुर विक, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्प राज मल्ल, खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधि, खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो ।
दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको स्वागत रहेको कार्यक्रममा गोरखा माबी तुलसीपुर, डिभाईन टेम्पल एकाडेमी तुलसीपुर, सर्मिला केसीले नृत्य प्रस्तुत गरेका थिए भने कराते खेलाडीले काता बुन्काई प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।
यसैबिच जिल्ला छनोट प्रतियोगिता अन्तरगत आज बेल्झुण्डिमा पुरुष भलिबल, महिला फुटबल छनोट सम्पन्न भएको छ भने अन्य खेलको छनोट भदौ १९ गतेसम्म चल्ने दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शान्ती सोमैले जानकारी दिइन् । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ आउँदो असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हँुदैछ ।