कुलोले बगाउँदा एक महिलाको मृत्यु

तुलसीपुर  । कुलोले बगाउँदा तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ । वडा नम्बर ६ गौलौरामा गौरीगाउँ कुलोले बगाएर ४७ वर्षिय सिता भण्डारीको मृत्यु भएको हो ।

उनलाई कुलाले बगाएको थाहा पाएपछि स्थानीय उद्दारमा लागेका थिए । उनलाई गौरीगाउबाट उद्दार गरि अस्पताल पुराईएको थियो ।

राप्ती प्रादेशिक अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ६ का अध्यक्ष बर्षात भण्डारीले जानकारी दिए ।

पञ्चमिको पुजा हेरेर घर फर्किने बेला कुलोमा खसेको बताईएको छ । बर्षायामको समयमा ह्वात्तै बढ्ने यो कुलोले धेरैको ज्यान लिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस