उपमेयर चौधरीद्धारा खेलकुद सामग्री सहयोग

तुलसीपुर । तुलसीपुर उपमहानगर पालिकाका उपमेयर स्यानी चौधरीले एक विद्यालयमा खेलकुदको सामग्री सहयोग गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ मा रहेको जनता आधारभुत विद्यालय हरनेटीका प्रधानाध्यापक कमलराज थापालाई उनले व्यक्तिगत रुपमा २८०० सयको फुटवल र भलिवल सहयोग गरेकी हुन् ।

उपमेयर चौधरीले विभिन्न सरकारी विद्यालयहरू अनुगमन गर्दै बिद्यार्थीहरूको अनुशासन, सरसफाइका साथै शिक्षकहरुको ब्यवस्थापनदेखि गुणस्तरिय शिक्षामा जोड दिंदै आएकी छिन् ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस