नौ घण्टापछि दाङ-सल्यान सडक सञ्चालन

दाङ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा राप्ती राजमार्ग अन्तर्गत अवरुद्ध दाङ सल्यान सडक खण्ड सञ्चालनमा आएको छ । शुक्रबार बिहान ६ बजेको समयमा दाङ सल्यान सडक खण्ड  अन्तर्गत  तुलसीपुर ३ सात तलेमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।

सडक साढे नौ घण्टा पछि सञ्चालनमा आएको अस्थायी प्रहरी पोष्ट गोटी खोलाका प्रहरी निरीक्षक गिर बहादुर थापाले जानकारी दिए । उनका अनुसार एक तर्फ सडक साढे १ बजेबाट खुले पनि दुई तर्फ सडक भने साढे ३ बजेबाट खुलेको हो ।

अवरुद्ध सडक सञ्चालन भएपछि बीचबाटोमै रोकिएका सवारी साधन गन्तव्यमा हिँडेका छन्। अवरुद्ध सडक खुलाउन तुलसीपुर उपमहानगरपालिकाको जेसीवी प्रहरी लगायतको टोली बिहानै देखि खटिएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस