अट्वारीमा भदौ १२ गते घोराही उपमहानगरद्वारा सार्वजनिक विदा

दाङ । घोराही उपमहानगरपालिकाले थारू समुदायको अटवारी पर्वका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही भदौ १२ गते उपमहानगर मातहतका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको उपमहानगरपालिकाकी कार्यवाहक अध्यक्ष हुँमा कुमारी डिसीले जानकारी दिइन् ।
थारू समुदायले लामो समयदेखि अटवारी पर्वका दिन सार्वजनिक बिदाको माग गर्दै आएका थिए । पहिले देखिनै अटवारी पर्वमा बिदाको माग गर्दै आएको र बिदा पाउँदा खुशी भएको थारू कल्याणकारी सभा दाङका अध्यक्ष भुवन चौधरीले बताए ।
उनका अनुसार थारू समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका अवसरमा पूजा गरिन्छ सधैँ झैं यस वर्ष पनि अटवारी पर्व भदौको १२ गते वा १९ गते मनाउने विषयमा विवाद देखिएको छ । धेरैले आगामी भदौ १२ गते अटवारी पर्ने भनी रहँदा केहीले भदौ १९ गते पर्ने भन्दै आएका छन् । हरेक वर्ष कृष्ण जन्माष्टमीको दुई आइतबारपछि अर्थात् कुशे औँसीको पहिलो आइतबार थारू समुदायले अटवारी मनाउँदै आएका छन् ।
यसैबीच थारू आयोगले यस वर्षको अटवारी पर्व भदौ १२ गते भएको जनाएको छ । थारू आयोगले थारू अगुवा तथा संस्कृतिविद् छलफल गरेर यस वर्षको अटवारी पर्व आफ्नो क्यालेन्डरमा भदौ १२ गते भएको उल्लेख गरेको थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बताए । थारू आयोगले यस वर्षको अटवारी भदौ १२ गते भएको जनाएको छ । थारू आयोगले थारू अगुवा तथा संस्कृतिविद् छलफल गरेर यस वर्षको अटवारी पर्व आफ्नो क्यालेन्डरमा भदौ १२ गते भएको उल्लेख गरेको उनको भनाइ थियो ।
पुर्खाहरूले थारू समुदायको अस्टिम्की पर्व पछिको दुई आइतबार र कुशे औँसीको पहिलो आइतबार अटवारी मनाउने गरेकाले सोहीअनुसार आफूहरूले थारू आयोगको क्यालेण्डरमा लिखित मिति उल्लेख गरेको उनले बताए । यसैगरी थारू कल्याणकारिणी सभा ( थाकस ) दाङले पनि भदौ १२ गतेका दिन अटवारी मनाउन थारू समुदायलाई अपिल गरेको छ । सभाका जिल्ला अध्यक्ष भुवन चौधरी र सचिव प्रकाश चौधरीले एक विज्ञप्ति जारी गर्दै अष्टमकी पछिको दुई आइतबार र कुशे औँसीको पहिलो आइतबार अटवारी मनाउने भएकाले यस वर्ष भदौ १२ गते अटवारी मनाउन आग्रह गरेको हो ।
