विप्लव नेतृत्व नेकपाको भोलि नेपाल बन्द

दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि नेपाल बन्दको घोषणा गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार एक दिने बन्दको घोषणा गरिएको पार्टी दाङ इन्चार्ज शीतल वलीले जानकारी दिए ।
तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पुर्जी जारी, एमसीसी, भ्रष्टाचार, महङ्गीका विरुद्धमा दाङ सहित देशैभर बन्दको घोषणा गरिएको इन्चार्ज वलीले बताए ।
बन्द बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गरिने छ । पार्टीले उठाएका एजेन्डालाई गठबन्धन सरकारले सम्बोधन नगरे अनिश्चितकालीन बन्द समेत गरिने वलीले चेतावनी दिए । बन्दको समयमा अस्पताल, होटल, चियाखाजा घर, एम्बुलेन्स, प्रेस, लगायतका अत्यावश्यक सवारी साधन सञ्चालन गर्न दिइने छ ।
प्रेसको दुरुपयोग धेरै भएकाले वास्तविक पत्रकार हो, होइन भन्ने विषयमा भने अलि निगरानी बढाउने इन्चार्ज शीतलले बताए । बन्दमा सार्वजनिक सवारी साधन, उद्योगधन्दा, स्कुल, कलेज सबै भन्दै गरिने पार्टीले जनाएको छ ।