जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटना ९ जना घाइते भएका छन्। शैल्यशिखर नगरपालिका-६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार से१ज ५५१ नम्बरको जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो। मृत्यु हुनेमा बझाङ बुङल नगरपालिका  वडा नम्बर ८ का पुने बोहरा, उज्वल बोहरा, हिक्मत जागरी, भान बोहरा र दम्फा देवी बोहरा छन्।

त्यस्तै घाइते हुनेमा मालिकार्जुन गाउँपालिका वडा-३ बस्ने वर्ष ५० कि गोमती धामी, रुपा धामी, सुमन सिंह धामी, रमेश लोहार, वडा-६ का रेवती धामी, बैतडी डिलासैनी गाउँपालिका वडा-३ का प्रदिप राना, बुङगल नगरपालिका-८ का धनबहादुर जागरी तथा महाकाली नगरपालिका वडा-७ का दिलाराम कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगत मगरले बताए। उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७९ भाद्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस