जिल्ला स्तरीय खुला महिला तथा पुरुष खोखो सुरु

दाङ । जिल्ला स्तरीय खुला महिला तथा पुरुष छनोट खोखो प्रतियोगीता २०७९ आज मंगलबारदेखि दाङको तुलसीपुरमा सुरु भएको छ । दाङ जिल्ला खोखो संघको आयोजना तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुरको समन्वयमा संचालित प्रतियोगीताको नेकपा एमाले प्रदेश कमिटी सदस्य बिनोद कुमार शर्माले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले स्वस्थ जिवनशैलिका लागि खेलकुद अतिनै महत्वपूर्ण भएको बताए । खेलकुद त्यो क्षेत्र हो जसले एउटा स्वस्थ र अनुशासित मात्र नभई राष्ट्रका लागि जिम्मेवार नागरिक तयार गर्छ त्यसैले यसको उच्च आदर्शलाई सबैले आत्मसात गर्नु पर्ने उनको भनाई थियो ।

दाङ जिल्ला खोखो संघका अध्यक्ष प्रकाश रावतको अध्यक्षता तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य बिनोदकुमार शर्माको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेकबहादुर बिक र जिल्ला खेलकुद बिकास समितिका पुर्व सदस्य टोपेन्द्र थापाको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । बबई गाउँपालिका खोखो संघका अध्यक्ष कुलबहादुर डाँगीको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

यसैबिच प्रतियोगीताको महिला तर्फ सप्तरङ्गी बोर्डिङ स्कुल बेलुवा र सहिद स्मृति आबासिय माबी ए फाईनल प्रवेश गरेका छन् । त्यस्तै बबई गाउँपालिका तृतिय भएको छ । उता पुरुष तर्फ सुनौलो सृजनशिल युवा क्लब तुलसीपुर १६ फाईनल प्रवेश गरेको छ । त्यस्तै पुरुष बि पोल तर्फका क्वाटर र सेमिफाइनल खेलसँगै फाईनल खेल बुधवार बिहान हुने लुम्बिनी प्रदेश खो खो संघका उपाध्यक्ष उषा कवर मगरले जानकारी दिए । प्रतियोगीतामा महिला तर्फ ४ र पुरुष तर्फ ६ टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस