कुसुन्डामा भाषा संरक्षणकै चिन्ता

दाङ । लोपोन्मुख जाति कुसुन्डामा अहिले भाषालाई जीवत राख्ने चुनौती थपिएको छ । विगतदेखि भाषा संरक्षणका लागि प्रयासहरू भएपनि भाषा जानकारहरूको अभावले भाषा संरक्षणमा चुनौती थपिँदै गएको अगुवाहरू बताउँछन् ।

नेपालमै कुसुन्डा भाषा बोल्ने र त्यो भाषाका विषय पूर्ण जानकार, भाषा संरक्षक दाङकी ज्ञानीमैया कुसुन्डाको २ वर्षअघि ८५ वर्षको उमेरमा निधन भएपछि भाषा पुस्तान्तर हुन नसक्दा संरक्षणमा समस्या देखिएको हो ।

उनको शेषपछि भाषा लोप हुने अवस्थामा पुगेको कुसुन्डा विकास समिति केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले बताए । लमही नगरपालिका ६ कुलमोहर र घोराही उपमहानगरपालिकाका विभिन्न वडामा गरेर ७४ जना कुसुन्डा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७९ साउन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस