पाल्पा बस दुर्घटना अपडेटः ५ जनाको मृत्यु, १३ जनालाई उपचारका लागि पठाइयो

बुटवल । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । केही समय अघि गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा दुर्घटनामा परेको हो ।

दुर्घटनाबाट बसमा सवार ५ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । बसमा २२ जना सवार रहेको र १३ जनालाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अन्यको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको पहिचान हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस