कमलदहमा डुबेर एक जनाको मृत्यु
रुकुम । रुकुम पूर्वमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका-५ मा पर्ने कमलदहमा डुबेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
शनिबार दिउँसो दहमा पौडी खेल्ने क्रममा सिस्ने गाउँपालिका-५ चोकबजार निवासी ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो । विकको कमलको फूल टिप्ने बेला डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।
विक दहमा डुबेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेर उनको उद्धार गरेको थियो । विकलाई जिल्ला अस्पताल पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

