सल्यानको बगालेमा हाटबजार उद्घाटन

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका  १ बगालेडाँडा  सारपानीमा  एक कार्यक्रमको आयोजना गरि बगाले कृषि उपज खुला हाटबजार केन्द्रको उद्घाटन गरिएको छ । बगाले कृषि उपज खुला हाटबजार केन्द्रका अध्यक्ष राजु पुनको सभा  अध्यक्षता सौरीलाल बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो । 

कपुरकोट गाउँपालिका कृषि उत्पादनको लागि एकदमै राम्रो ठाउँ भएकाले गाउँपालिकामा उब्जनी भएका तरकारीहरू नेपालको विभिन्न ठाउँ र छिमेकी देश भारतसम्म जाने भएको भन्दै प्रमुख अतिथि भण्डारीले  गाउँपालिकाले कृषकहरूले उब्जाएको कृषिजन्य सामग्रीहरू बजारीकरण गर्नका लागि सहयोग गर्ने बताए ।  उनले यसका बारेमा गाउँपालिका सधैँ सकारात्मक रहने र आफूहरूले  कृषकहरूको हकहितका लागि काम गर्ने पनि प्रतिवद्धता गरे ।

उनले बगालेमा हाटबजारको उद्घाटन गर्न पाउँदा आफू निकै खुशी भएको र यस हाटबजारले यहाँ उत्पादन भएका कृषिजन्य बस्तुले बजार पाउने पनि बताए ।   यस्तै  कार्यक्रमका विशिष्ट अतिथि कपुरकोट गाउँपालिका १ का वडाध्यक्ष बालाराम खड्काले पनि आफ्नो वडावासीहरू र छिमेकी वडाहरूले समेत आफूले उब्जाएको कृषि सामाग्रीहरू आफ्नै ठाउँमा बेच्न पाउँदा कृषकहरू निकै हर्षित भएको बताए ।

उनले  कृषकहरूको खुशी नै  आफ्नो खुशी हुने भएको भन्दै  थिए,  भने कृषकहरूले  उब्जाएको कृषि सामाग्रीहरू आफ्नै गाउँ ठाउँमा  बेच्न पाउँदा निकै खुशी भएको बताए । यस्तै कार्यक्रममा झुप सिंह राना , अमर सिंह राना, बम बहादुर कँवर, र व्यापारी सुदीप बानियाँ, मिलन बानियाँ लगायतकाले आफ्ना भनाइ राखेका थिए,  भने उक्त कार्यक्रमको सहजीकरण गंगाराम विकले गरेका थिए । 

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस