घर–घरमा सामाजिक सुरक्षा भत्ता नविकरण

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले वडा बासीहरुलाई दुःख कष्ट केहि पनि नहोस् भन्दै आजबाट घर–घरमा पुगी सामाजिक सुरक्षा भत्ता नविकरणको काम सुरु गरेको छ ।

केन्द्रिय पञ्जिकरण कार्यालयले गरेको परिपत्र अनुसार प्रत्येक बर्षको साउनमा सामाजिक सुरक्षा भत्ता खाईरहेनु भएका लाभग्राहीहरूको भत्ता नविरकरण गर्ने र उनिहरुको विवरण हुबहु राख्ने भन्दै देशभरी नै नविरकरणको काम अघि बढिरहेको छ ।

तुलसीपुर १८ ले बडाबासीहरु वडासम्म आउँदा उनीहरुलाई दुःख हुने र उनीहरुको खर्च समेत हुने हुँदा गाउँ–गाउँमा गएर सामाजिक सुरक्षा भत्ताको काम अघि बढाएको वडा अध्यक्ष माधव वलीले जानकारी दिए ।

साथै उनले वडाबासीहरुका लागि वडाले बिभिन्न समयमा वडाबासीहरुको हितको लागि काम गरिरहेको र आगामी दिनहरुमा पनि वडाबासीहरुको समस्यालाई हल गर्नका लागि सधैव अघि बढ्ने बताए । गाउँ गाउँमा भत्ता नविकरणका गर्न जाँदा गाउँलेहरुको माया, उनीहरुले गर्ने ब्यबहारले निकै खुसी बनाएको वडा सचिव रामकुमारी मरासिनीले बताइन् ।

वडाबासीहरुमा हामी गाउँ–गाउँ जाँदा धेरै खुसी देखे, कति जनाले आशिर्वाद दिए । एउटा छुट्टै अनुभूति गर्न पाईयो भन्दै यो कामले वडा प्रति बडाबासीहरुको सम्मान बढेको बताइन् । वडाले आजबाट लगातार टोल बिभाजन गरि सामाजिक सुरक्षा भत्ता नविरकरण १७ गतेसम्म गर्ने गरि समय तालीका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस