बसले मोटरसाइकललाई ठक्कर दिँदा दाजुको मृत्यु, बहिनी घाइते

दाङ । कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दाजुको मृत्यु भएको छ, भने बहिनी घाइते भएकी छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा निवासी ३० वर्षका सुशील केसी रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । दुर्घटनामा परेर गम्भिर घाइते भएका केसीको उपचारको क्रममा तौलिया अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार मृतककी बहिनी १७ वर्षकी कुश्मा केसीको बुटवलमा उपचार भइरहेको छ । बुटवलबाट बिहान साढे ६ बजे बर्दियाको राजापुरका लागि छुटेको ना ५ ख ९३५० नम्बरको यात्रुबाहक बसले बुद्धभूमि नगरपालिका ९ चम्पापुरमा रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई बिहान साढे ८ बजे ठक्कर दिएको थियो ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दाजुबहिनी मोटरसाइकलमा दाङको तुलसीपुरबाट काठमाडौँ जाँदै थिए ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस