देशभर ६० प्रतिशत रोपाइँ सकियो

दाङ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । गएको वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएको हो । गएको वर्षको तुलनामा झन्डै आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ । विशेषगरी प्रदेश नं. १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको हो ।

मनसुन सुरु हुनासाथ यही साउन दोस्रो हप्तासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ । रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ । अहिलेसम्म मन्त्रालयले विगत वर्षमा जस्तै शतप्रतिशत रोपाइँ हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस