दाङमा अझै २८ प्रतिशत खेत बाँझै

दाङ । साउन लागिसक्दा पनि मनसुन सक्रिय नहुँदा दाङमा बियाड सुक्ने र धाँजा फाँट्न थालेको छ । जिल्लामा करिब ७२ प्रतिशत धान रोपाइँ भएपनि मनसुनी वर्षा नहुँदा खेत धाँजा पर्न थालेको हो । जिल्लामा आजसम्म करिब ७२ प्रतिशत मात्रै धान रोपाइ भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

कृषि ज्ञान केन्द्र दाङका तथ्यांक अधिकृत पृथ्वीप्रसाद लामिछानेका अनुसार देउखुरी क्षेत्रका अधिकाश भागमा रोपाइ सकिएको छ । जिल्लाका अन्य क्षेत्रमा भने आकाशे पानीको भर पर्ने भएकोले रोपाइ हुन नसकेको उनको भनाइ छ ।

जिल्लामा अझै २८ प्रतिशत धान रोपाइ हुन बाँकी रहेको छ । गत वर्ष असार मसान्तसम्म शत प्रतिशत धान रोपाइ सकिएको थियो । त्यस्तै किसानले रोपेको खेतमा पानीको अभावमा धाँजा फाटेका छन् ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस