मेरिल्याण्ड पब्लिक एकेडेमीमा लागू पदार्थ दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम

दाङ । लागू पदार्थ दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम घोराही उपमहानगरपालिका १३ मा रहेको मेरिल्याण्ड पब्लिक एकेडेमीमा सम्पन्न भएको छ । समाज कल्याण केन्द्र नेपालको आयोजना तथा नयाँ पाइला पुर्नस्थापनाको केन्द्र बिजौरीको सहयोग एवं मेरिल्याण्ड पब्लिक एकेडेमीको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।
समाज कल्याण केन्द्र नेपालका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही १३ का वडा अध्यक्ष डल्लुराम पोख्रेलको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेमन बुढामगरको विशिष्ट आतिथ्यमा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । सचेतना कार्यक्रममा नयाँ पाइला पुनर्स्थापना केन्द्रका कार्यकारी प्रमुख शुरेस भुसाल, वडा सदस्य केश बहादुर घर्ती, विद्यालयका प्रधानाध्यपक राजेन्द्र श्रेष्ठ, सदस्य नैनसिंह घर्ती, लगायतको सहभागिता रहेको थियो ।
सचेतना कार्यक्रमको प्रशिक्षकमा नार्कोनन नेपाल लुम्बिनी प्रदेश संयोजक बसन्त पुन रहेका थिए । समाज कल्याण केन्द्रका सहसचिव अन्जना मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव जानका केसीले गरेका थिए । कार्यक्रममा कक्षा ६ देखी ९ सम्मका बालबालिकाहरूको सहभागिता रहेको थियो ।