जंगलमा एक पुरुषको शव फेला

दाङ । दाङमा सामुदायिक वनको जंगलमा एक जना पुरुषको शव फेला परेको छ ।
राप्ती गाउँपालिका १ भालुवाङस्थित राप्ती सामुदायिक वनमा वडा नम्बर ८ पिपरी निवासी ४५ वर्षीय दलबहादुर चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । च्याउ खोज्न जंगल गएका महिलाहरूले मंगलबार बिहान जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् । शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस