पाँच घण्टापछि खोलामा फसेकालाई उद्दार 

दाङ । दाङको राजपुर गाउँपालिका वडा नम्बर २ स्थित दक्षिण चुरे भएर उत्तर तर्फ बग्ने खहरे खोलामा फसेका महिलाहरुलाई प्रहरीले उद्दार गरेको छ । १६/१७ जनाको समूह भएर त्रिशक्ती सामुदायीक वन क्षेत्रमा च्याउ खोज्न गएका बेला खोलामा आएको बाढीले गर्दा उनीहरु फसेका थिए ।

मानिस खोलामा फसेको सूचना पाए लगत्तै रणसिंह दल गण लमही ब्यारेकका क्याप्टेन जलमदेव चौधरी, नं.२९ ज्वालामाई गण हेड क्वाटर भालुवाङका प्रहरी निरीक्षक धनन्जय केसी, सशस्त्र प्रहरी वल नं. ४१ गण हेक्वा अर्जुन खोलाका प्रहरी निरीक्षक रबिन्द्र कार्की, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पुष्पराज थापा, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसीलगायतको टोली घटनास्थलमा पुगेको थियो ।

राजपुर बेला गाउँपालिका वडा नम्बर २ बेला चप्फाका स्थानीय महिलाहरु च्याउ खोज्न जंगल गएर फर्किने समयमा (रसरी र माररी खोला मिलेर बनेको) सोमैथान नजिक रहेको दरबाजा खोलामा सत्र जना फसेका हुन ।

रातीदेखि पानी परिरहेको थियो, च्याउ उम्रेका होला न भन्ने लागेर हामी सबै च्याउ खोज्न नजिकैको जंगलमा गएका थियौं” स्थानीय २८ वर्षिय अन्जना विकले भनिन् । खोलाको दुरि लामो छ, पानी परिरहेको थियो, खोला पार गरिहाल्छौ भनेर खोलामा पस्यौं तर विचमै फसियो”( अन्जनाले भनिन् ।

खोलाको दुवै तिरको हंगालो उर्लेर आएको देख्दा त अब बाचिन्न जस्तो लाग्यो, घर परिवार सम्झेर रोए” चप्फाकी ३५ वर्षिया निमा सुनारले भनिन् बिहान ९ बजे देखि दुई बजेसम्म भोक भोकै बस्नु पर्दा साह्रै चिन्ता लागेर आएको निमाले भनिन् अब पानी परेका बेला कहिले पनि यसरी घर बाहिर नजाने समेत उनको भनाई छ । बेलैमा प्रहरी आएर हाम्रो उद्दार गर्दियो भन्दै खुशी समेत प्रकट गरिन् ।

बिहान ९ बजेदेखि खोलाको विच भागमा फसेका एक बालिकासहित दश जनामहिलालाई सशस्त्र प्रहरीको उद्दार टोलीले पाँच घण्टापछि उद्दार गरेको हो । अठार जना मध्ये ९ जना निस्किन सफल भएका थिए भने बाँकी दश जना खोलाको विच भागमा फसेका थिए ।

खोलाको बाढीमा फस्नेहरु राजपुर गाउँपालिका वडा नम्बर २ बेला चप्फाका २३ वर्षिया छवि सुनार, १७ वर्षिया बिनिता सुनार, २८ वर्षिया गीता सुनार, ३५ वर्षिया निमा सुनार, २३ वर्षिया लक्ष्मी सुनार, २२ वर्षिया एलिशा सुनार, २१ वर्षिया प्रमिला सुनार, ३० वर्षिया सुमित्रा सुनार, २८ वर्षिया अन्जना सुनारर ९ वर्षिया अन्जनाकी छोरी सदिक्षा सुनार रहेका थिए ।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस