दाङमा अहिलेसम्म २७ प्रतिशतमा मात्र रोपाई सम्पन्न
दाङ । दाङमा अहिलेसम्म २७ प्रतिशतमा मात्र धान रोपाई सम्पन्न भएको छ । जिल्लामा यस वर्ष समयमा वर्षा नभएका कारण गत वर्षको भन्दा ढिलो गरी खेतिपाती सुरुभएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख तथा बरिष्ठ कृषि अर्थ विज्ञ बुद्धिराज घिमिरेका अनुसार जिल्लामा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएमा २७ प्रतिशतमा मात्र धान रोपाई सम्पन्न भएको हो । जसमा ६० प्रतिशत क्षेत्रफल आकाशे भरमा खेती हुने गरेको छ भने ४० प्रतिशत क्षेत्रफलमा सिंचाईको सुविधा रहेको घिमिरेले बताए ।
देउखुरी क्षेत्रमा अन्य क्षेत्रको तुलनामा वढी धान रोपाई हुने गरेको छ । त्यस क्षेत्रमा अहिले धान रोपाई सक्कि सकेकोको घिमिरेले बताए । देउखुरी क्षेत्रमा राप्ती नदिको पानी सिंचाई राम्रो सुविधा भएका कारणले पनि रोपाई चाँडै हुने उनले बताए । घोराही तथा पश्चिम क्षेत्रमा भने केही स्थानमा मात्र धान रोपाई गरिएको घिमिरेले बताए ।

