उरहरीमा निःशुल्क आँखा शिविर
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ । समिट लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रिय कार्यालय गोरखा न.पा. १३, को आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको संस्थाका प्रबन्धक भोजराज फुयालले जानकारी दिएका छन् ।
सामाजिक उत्तरदायित्व अन्र्तगत निःशुल्क आँखा शिविरको आयोजना गरिएको उनले बताएका छन् । यहि असार २५ गते शनिवारका दिन अमर मावि उरहरीमा हुने शिविरमा विशेषज्ञ डाक्टरहरुबाट निःशुल्क आँखा चेकजाच गरिने भएको हो । विहान १० बजेदेखि सुरु हुने शिविरबाट आँखा परिक्षण गराई स्वास्थ्य लाभ लिन सबैमा संस्थाका प्रबन्धक फुयालले आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

