देशभरिका कारागारमा रहेका कैदी तथा थुनुवालाई रंगिन परिचय पत्र दिइने

दाङ । कारागार विभागले कारागार चलान भएका कैदी तथा थुनुवालाई रंगिन फोटोसहितको परिचयपत्र दिने भएको छ ।
विभागका प्रवक्ता रामचन्द्र सिवाकोटीका अनुसार अदालतबाट दोषी ठहर भई कारागारमा सजाय भुक्तान गरिरहेका कैदी र मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका कैदी तथा थुनुवालाई व्यक्तिगत विवरण खुल्ने गरी रंगिन फोटोसहितको परिचयपत्र दिन लागिएको हो ।
कारागारमा भएका कैदी तथा थुनुवालाई पहिलो पटक रंगिन परिचयपत्र दिन लागेको सिवाकोटीले बताए । यसअघि पनि कैदीपुर्जी हुने गरेको भए पनि त्यसमा फोटो भने राखिएको थिएन ।
उनका अनुसार कारगारमा भएका सबै कैदीबन्दीलाई परिचयपत्र प्रदान गर्न अहिले फोटो खिच्ने काम भइरहेको छ । सबै परिचयपत्र नेपालको ७४ कारागारका सबै कैदी तथा थुनुवालाई दिइनेछ ।
प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस