आजदेखि तुलसीपुरका १९ वटै वडाका बालबालिकालाई फाइजर खोप लगाइदै

तुलसीपुर । तुलसीपुरका १९ वटै वडामा आइतबारदेखि बालबालिकाहरुलाई कोरोना विरुद्धको फाइजर खोप लगाइदै छ । आइतबार १२ गतेदेखि १५ गतेसम्म तुलसीपुरका १ देखि १९ वटै वडाका सरकारी तथा निजी विद्यालयका ५ बर्षदेखि १२ बर्ष मुनीका बालबालिकाहरुलाई खोप लगाउन लागेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिए ।

खोप बालबालिकाहरुले अध्ययन गर्ने सम्बन्धित विद्यालयमा नै लगाइने उनले बताए । तुलसीपुर उपमहानगरपालिका जन स्वास्थ्य प्रवर्द्धन शाखाका अनुसार आइतबारदेखि बालबालिकाहरु अध्ययनरत विद्यालयमा फाईजर खोपको पहिलो मात्रा प्रदान लगाइने भएकोले आफ्ना बालबालिकाहरुलाई खोप लगाउन नजिकको विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस