दिदीघरमा तुलसी अस्पताल

तुलसीपुर। शनीवार तुलसीपुर ६ डुम्रिगाउस्थीत दिदिघरमा अचानक तुलसी अस्पतालको टिम पुग्दा दिदिघरका सन्चालिका स्यानी चौधरी मख्ख थिइन् । तुलसी अस्पतालका सन्चालक डा किशोर खत्रीको नेतृत्वमा दश जना स्वास्थ्यकर्मिको टोलि सन्चालकको आग्रहमा त्यहां पुगेको होइन, यसआरएम फाउण्डेशनको आग्रहमा दिदिघरमा आश्रित वालवालिकाहरुको निशुल्क स्वास्थ्य परीक्षणकालागी त्यहा पुगेको थियो ।
एसआरएम अर्थात तुलसीपुरस्थीत तुलसी वोडिङमा अध्ययनरत विद्यार्थिहरुको एउटा समुहले त्यहि स्कुलमा अध्ययनकै क्रममा निधन भएका आफ्ना स्वर्गिय मित्र शिवराज डांगीको स्मृतिमा एसआरएम फाउण्डेशन बनाएको छ । फाउण्डेशनले यस अघि पनि दिदिघरमा पव्लिक लाइव्रेरी समेत बनाइदिएका छ ।
कुनैपनि औपतारीकता विनै फाउण्डेशनको आयोजना तथा तुलसी अस्पतालको सहकार्यमा त्यहां स्वास्थ्य शिविर मात्रै भएन, दिदिघरमा आश्रित अनाथ वालवालिकाहरुकालागी अस्पताल परीवारले वेवी ड्रिंक्स, चकलेट तथा विभिन्न खेल सामाग्रिहरु समेत उपलव्ध गराएको थियो । वालवालिकाहरुको स्वास्थ्य परीक्षण अघि आयोजित छोटो अनौपचारीक कार्यक्रममा दिदिघरका सन्चालक तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले आफ्ले सानो छंदा भोगेका विभिन्न समस्याका कारण अहिले आएर यो संस्था चलाउन थालेको अभिव्यक्ति दिइन ।
साविक फुलवारीको तुइखोलामा जन्मेकि चौधरी व्याकवार्ड सोसायिटि एजुकेशन शोसाइटि वेस, दिदिघर हुंदै जनप्रतिनिधि सम्मको भुमिकामा छिन् । ‘गास, बास र कपासको समस्याले कुनैपनि नागरीकले मर्नु नपरोस र शिक्षाको उज्यालो घामबाट कुनैपनि वालवालिकाहरु बन्चित हुनु नपरोस भनेर मैले दिदिघर संस्था खोल्न पुगें, अहिले २५जना अनाथ वालवालिकाको पालन पोषणसंगै शिक्षा दिक्षाको पनि व्यवस्था मिलाएकि छु’, सन्चालिका स्यानी चौधरीले भनिन् । दिदिघरमा अहिले ४ बर्ष देखि १३ बर्ष उमेर समुहका कम्तिमा २ दर्जनजती अनाथ वालवालिकाहरु आश्रित छन् । कतिपय वालवालिकाको त अझैपनि घरठेगाना पत्ता लगाउन नसकिएको स्यानीले बताइन् । स्थानी चौधरीको एकल प्रयास संगै विभिन्न संघसंस्थाहरुको सहयोगले संस्था चल्दै आएको छ ।
निशुल्क स्वास्थ्य शिविर आफ्नो अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको तुलसी अस्पतालका सन्चालक वालरोग विशेषज्ञ डा किशोर खत्रीले बताएका छन् । स्वास्थ्य परीक्षण अघि आयोजित कार्यक्रममा डा खत्रीले आफु पनि दिदिघरको सदस्य सरह भएर वालवालिकाको निशुल्क स्वास्थ्य उपचारमा सहयोग गर्ने बताए ।
आजका वालवालिकाहरुले नै भविस्यमा देश चलाउने जनशक्ति भएकाले वालवालिकाको स्वास्थ्य र शिक्षामा समाजका सवै तह र तप्काबाट सहयोग हुनुपर्ने र त्यसरी सहयोग गर्न आफु पनि तयार रहेको डा खत्रीको भनाइ थियो । शिविरमा डा खत्री सहित डा शुरेश थापा, डा निकिता लगायत स्टाफ नर्सहरुले त्यहां आश्रित वालवालिकाहरुको स्वास्थ्य उपचार गरीरहेका छन् ।
तुलसीपुरमा सो संस्था विसं २०६४ शालदेखिनै सुरु भएको भएपनि विधिवत रुपमा विसं २०६५ शालदेखि सक्रियता साथ काम थालेको थियो ।