शान्तिनगरको बजेट झण्डै ५१ करोड

शान्तिनगर । शान्तिनगर गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० का लागि कुल ५० करोड ९७ लाख ४८ हजार बजेट ल्याएको छ । चालू तर्फ ३१ करोड ६६ लाख ४८ हजार र पुजिगत तर्फ १९ करोड ३१ लाख बजेट ल्याएको छ ।

१२ औ गाउँसभामा उपाध्यक्ष प्रेमा केसीले उक्त बजेट प्रस्तुत गर्नु भएको हाे । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा बसेको सभाले शान्तिनगरमा रहेका सबै कार्यालयमा विद्युतिय हाजिरी लागू गरिने बताइएको छ । आजको सभाले न्यायिक समिति गठन गर्न भने सकेन । अर्को सभा आगामी २४ गते बस्ने जनाइएकाे छ ।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस