भालुको आक्रमणबाट एक महिला घाइते

सल्यान । भालुको आक्रमणबाट सल्यानमा एक महिला घाईते भएकी छिन् । शुक्रबार जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ५, हात्तिदमार बस्ने ६० बर्षकी चन्द्रकला बुढा भालुको आक्रमणमा परि घाईते भएकी हुन् ।

स्थानीय भुसाबारी मध्यवर्ति सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा अपरान्ह अन्दाजी ३ः४५ बजेको समयमा भालुले आक्रमण गर्दा बुढा घाईते भएकी हुन् । भालुले बुढाको दाहिने खुट्टा चिथोरेको छ ।

घाईते बुढालाई स्थानीय दमदवाली स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस