कांग्रेसका प्रदेश सभापतिले गरे लमही नगर सभाको उद्घाटन

दाङ । लमही नगरपालिकाको दोस्रो नगर सभा शुरु भएको छ । दोस्रो नगर सभाको नेपाल सरकारका पुर्वसिंचाइ राज्य मन्त्री तथा पुर्व संविधान सभा सदस्य अमरसिंह पुनले उद्घाटन गरेका हुन ।

बिहिवार देखि शुरु भएको दोस्रो नगर सभामा नगर प्रमुख चौधरीले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति प्रस्तुत गरेका छन । पुर्व संविधान सभा सदस्य तथा पुर्व सिंचाई राज्यमन्त्री अम्मर सिंह पुन मगरले जनताले सहज रुपमा सेवा पाउन सकुन भनेर संविधानले तीन तहको सरकारको परिकल्पना गरेको बताए ।

लमही नगरपालिकाको दोस्रो नगर सभालाई सम्बोधन गर्ने क्रममा पुर्व सिंचाई राज्य मन्त्रीले सो कुरा बताए । तर संविधानले परिकल्पना गरेको सबै तहको सरकारले जनताले प्रत्यक्ष लाभ लिने गरि सेवा दिन नसकेको आफुले महसुस गरेको बताए । तिनै तहका सरकारले एक आपसमा समन्वयकारी भूमिका निर्बाह गर्दै काम गर्नु पर्ने उनको भनाई छ ।

संविधान जारि गर्दा हामीले संविधानका बाइस वटा अधिकार सहित जनताले सहज तरिकाले आफ्ना हक अधिकार प्राप्त गर्न सकुन भनेर परिकल्पना गरिएको उल्लेख गर्दै ति कुराहरु झैँ जनताले प्राप्त गर्न नसक्नु दुखद कुरा भएको बताए । जनताबाट जनमत प्राप्त गरि निर्वाचित भएका जनप्रतिनिधिले पालिकालाई कसरी सफल बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको संविधान सभा सदस्य पुन मगरको भनाई छ ।

“चाहे त्यो स्थानीय सरकार होस्, चाहे प्रदेश चाहे त्यो संघिय सरकार होस् , यी तिनै तहको सरकारले शिक्षामा ठुलो लगानी गरेको छ तर उपलब्धि भने शुन्य यो कसरी भयो भन्ने गम्भीर प्रश्न छ”– उनले भने ।

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा नेपाल सरकारका पुर्वसिंचाइ राज्य मन्त्री, पुर्व संविधान सभा सदस्य अमरसिंह पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नगरसभाको पहिलो दिन वार्षिक नीति मात्र प्रस्तुत भएको र भोलि शुक्रबार बजेट सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए

दोस्रो नगर सभाको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेस सभा सदस्य रेवती रमण शर्मा,  सामुदायिक रेडियो प्रसारक संघ अकोर्याब लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष केपि घिमिरे, नागरिक समाज दाङका उपाध्यक्ष नीमबहादुर थापा, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, लमही नगरपालिकाका जेष्ठ नागरिक संजालका अध्यक्ष जागेश्वर घिमिरे लगायतले शुभ कामना मन्तव्य दिएका थिए ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण विपत व्यवस्थापन शाखाकी प्रमुख गायत्री थापाले गरेकी थिइन ।

प्रकाशित मिति : २०७९ असार ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस