मंहगीको विरोधमा युवा संघको प्रर्दशन

दाङ । युवा संघ घोराही नगर कमिटिले मंहगीको विरोधमा घोराहीमा प्रर्दशन गरेको छ । हलो –जुवा सहित युवाहरुले घोराहीमा प्रर्दशन गरेका हुन ।
घोराहीको ट्राफिकचोकबाट शुरु भएको विरोध प्रर्दशन तुलसीपुर चोकमा पुगेर विरोधसभा परिणत भएको थियो । युवाहरुले मंहगी विरुद्ध विभिन्न नारा लेखेको प्लेकाड समेत बोकेका थिए । खेतीको समयमा किसानले मल पाउन सकेको छैनन् ।
इन्धनको मुल्यदेखि भान्छासम्मका सवै वस्तुको मुल्य त्यतिकै आकासिएको छ । ‘मुल्यबृद्धिले जनताको ढाड सेक्ने काम गरेको छ । सरकारलाई मुल्यवृद्धि फिर्ता गर्न दवाव दिन सोरुप यो कार्यक्रम गरेका हौ’ युवा संघका घोराही नगर अध्यक्ष बालाराम पौडेलले भने ।
युवा संघ दाङका अध्यक्ष देवु वस्नेतले मुल्यवृद्धि तत्काल फिर्ता लिन र फिर्ता नगरे विरोधलाई थप सशक्त बनाउने वताए ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस