रोल्पामा झुन्डिएको अवस्थामा बालकको शव फेला

रोल्पा । रोल्पामा झुन्डिएको अवस्थामा एक बालकको शव फेला परेको छ । प्रहरीका अनुसार रोल्पाको माडी गाउँपालिका ५, भावाङको वाङ्मा गाउँमा शव फेला परेको हो । प्रहरीले अघिल्लो दिनदेखि हराइरहेका १३ वर्षीय स्थानीय जयराम वली झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

रुखमा झुन्डिएको अवस्थामा शव फेला परेपछि अनुसन्धान गर्ने क्रममा बालक वलीको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हराइरहेका बालक वलीको शव घरदेखि करिब पाँच सय मिटर टाढा राँकुको रूखमा झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ ।

वडा सदस्य रत्नबहादुर डाँगीले ती बालक ५ गते साँझदेखि घरको सम्पर्कमा न रहेको र परिवारले खोजी थालेको बताए । बालकले आत्महत्या गर्नुको कारण भने अझै पत्ता लागेको छैन ।

घटनापछि अनुसन्धानमा भावाङस्थित प्रहरी चौकीका हवल्दार बलराम पाण्डेको नेतृत्वमा प्रहरी खटिएको हो । बालकको शव पोस्टमार्टमका लागि प्रहरीको सहयोगमा रोल्पा अस्पताल पु¥याइएको छ ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस