मोटरसाइकल डोर्‍याएर मूल्य वृद्धिको बिरोध

तुलसीपुर । सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्वीको बिरोधमा तुलसीपुरमा बिरोध गरिएको छ । राष्ट्रिय युवा संघ र अनेरास्ववियु दाङको आयोजनमा तुलसीपुर बजारमा मोटरसाइकल र्डोयाएर पेट्रोलियम पदार्थको मुल्यवृद्वीको बिरोध गरिएको हो ।

तुलसीपुरको मदनआश्रित चोकमा आयोजित बिरोध सभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य बिरबल खड्काले सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्वी गरेर जनतामा महंगीको भार थपेको बताए । जनतलाई राहत दिने भन्दा पनि गठबन्धन सरकारले महंगी बढाएर जनतालाई आहात हुने काम गरेको बताए । सोही कार्यक्रममा राष्ट्रिय युवा संघ दाङका अध्यक्ष देवु बस्नेतले पेट्रोलयमपदार्थको मुल्य बढाएर जनबिरोधी काम गरेको भन्दै तत्काल मुल्यवृद्वी फिर्ता लिन आग्रह गरे ।

बिरोध ¥यालीमा युवाहरुले मोटरसाइकल र्डोयाएर मूल्य बृद्धि फिर्ता गर, नालायक सरकार मूर्दावाद, राष्ट्रिय युवा संघ जिन्दावाद, अनेरास्ववियू जिन्दावाद, किसानलाई समयमा मल उपलब्ध गरा, भन्दै चर्काे नारबाजी गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस