अपाङ्ग सहायता सामाग्री बितरण गर्दै 

तुलसीपुर । आज एक अनौपचारिक कार्यक्रमको आयोजना गरि तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले विशेष क्षमता भएका ८ जनालाई अपाङ्ग सहायता सामाग्री वितरण गरेको छ ।
 
समाजमा पछाडि परेका र आफ्नो शरीरले साथ नदिएकाहरुका लागि स्थानीय सरकार जहिले पनि उभिएको र समाजका हरेक वर्ग, लिङ्ग, जातजातिका जस्तासुकै समस्याहरू भए पनि समाधान गरी उनीहरूको सरल जीवनयापनमा वडाले जहिले अग्रपङ्तिमा रहेर काम गर्ने सामाग्री बितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष माधव वलीले बताए ।
 
कार्यक्रममा वडा अध्यक्ष वलीले समाज परिवर्तनका लागि विशेष क्षमता भएका ब्यक्तिहरूको विकास अनिवार्य भएको भन्दै समाजले हेर्ने दृष्टिकोण अब बदल्नुपर्ने र त्यस्ता फरक क्षमता भएका ब्यक्तिहरूका लागि वडाले मात्रै नभएर समग्र राज्यले यसका विषयमा गम्भिर भएर सोच्नुपर्ने बताए ।
 
कार्यक्रममा विवेक सिंह परियार, होता कुमारी बस्नेत, नेप्टे सर्केनी र श्रवण सुनारलाई १/१ थान ह्यील चियर, रामचन्द्र बुढा, हर्क सिं खड्का र गणबहादुर बुढालाई १/१ थान लठ्ठी, र भुलबहादुर कामीलाई बैशाखी बितरण गरिएको थियो । कार्यक्रममा वडासदस्य धनबहादुर बस्नेत, शीतलप्रसाद बुढा मगर, वडा सचिव रामकुमारी मरासिनीलगायतले आफ्नो धारण राखेका थिए ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस