आगो निभाउने क्रममा एक जनाको मृत्यु

सल्यान । वनमा लागेको आगो निभाउने क्रममा सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ डाडाँकटेरीका अन्दाजी ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो ।
दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रमममा आगोको लप्कोले जलेर उनको मृत्यु भएको सिद्ध कुमाख गाउँपालिका ३ का वडा अध्यक्ष जिवराज बोहोराले जानकारी दिए । उनका अनुसार बुढाथोकी खोटोको काम गर्ने भएका कारणले खोटोको बाकस बचाउने क्रममा शनिबार दिउँसो आगोमा परेरे मृत्यु भएको हो ।
घटनाको अनुसन्धानको लागि जिल्लाबाट प्रहरी निरीक्षकको टोली घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको डिएसपी सुमित खडकाले बताए ।
प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस