साइकलबाट लडेर एकको मृत्यु

रोल्पा । रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका वडानम्बर ५ खेस्रावाङका २१ वर्षीय दिनेश वली रहेको प्रहरीले जनाएको छ ।
बाटोमा साइकल चलाउने क्रममा वली बाटोदेखि ३०० मिटर तल खसेर घाइते भएका थिए । घाइते वलीलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस