प्लस टुको गन्तव्य अब गुरुकुल एकेडेमी
घोराही । शिक्षाको हिसावले हेर्ने हो भने दाङमा धेरै बिद्यालय र त्यसमाथि शैक्षिक क्षेत्रको प्रतिस्पपर्धा पनि उत्तिकै छ । स्कुल तहमा मात्र नभई प्लस टु मा पनि शैक्षिक प्रतिस्पर्धा निकै नै छ । दाङ जिल्लामा करिब ६ सय बिद्यालय छन् । जसमध्ये ४५१ विद्ययालयमा प्लस टु संचालनमा आएको छ। दाङको घोराही उपमहानगरपालिकामा पनि अधिकांश विद्यालयमा प्लस टु संचालन गरिएको छ । घोराही उपमहानगरपालिकामा गत बर्षदेखि गुरुकुल एकेडेमीले पनि प्लस टु संचालन गरेको छ भने , भिएन कलेज , गोदावरी बोर्डिङ स्कुल लगायतले पनि प्लसटु संचालन गरेका छन्। शैक्षिक गुणस्तर सुधार्ने र शिक्षालाई प्रविधिसँग जोड्ने अभियानका साथ पछिल्लो समय धेरै विद्यालय लागि परेका छन् । वि.स.२०६१ सालबाट प्लस टु संचालनमा ल्याएको पुरानो मानिने गोर्खा बोर्डिङले कक्षा ११ र १२ विज्ञान तथा व्यवस्थापन संकायमा १००१ जना विद्यार्थीहरूलाई पठन पाठन गराउँदै आएको छ ।

यस्तै २०६९ सालबाट प्लस टु संचालन गरेको माउन्ट भ्यु बोर्डिङ स्कुलले पनि कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा ६०० बिद्यार्थीहरूलाई पठन पाठन गराउँदै आएको छ ।

यता २०७४ सालबाट प्लस टु संचालनमा ल्याएको जनज्योति विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा १७९ जना विद्यार्थीहरूलाई पठन पाठन गराउँदै आएको छ । उक्त बिद्यालयमा प्रविधिलाई जोड्न अनलाइन सफ्टवयर बाट पढाउने गरेको विद्यालयले जानकारी दिएको छ भने अन्य सेवा सुविधा अन्य स्कुलमा जस्तै रहेका छन् ।

यता शैक्षिक सत्र २०७८÷७९ बाट प्लस टु संचालनमा ल्याएको गुरुकुल एकेडेमी विद्यार्थीको अत्यधिक रोजाइमा पर्ने गरेको छ भने अभिभावकको रोजाइमा पनि यो विद्यालय पर्ने गरेको छ । गत बर्ष विज्ञान तथा व्यवथापन संकायमा कक्षा ११ मा मात्र १२३ जना विद्यार्थी भर्ना भएका छन् । पूर्ण मानव सिर्जना गर्ने मूल उद्धेश्यका साथ डाक्टर र इन्जिनियरहरू मिलेर २०७२ सालमा स्थापना भएको गुरुकुल एकेडेमीले २०७८ सालमा प्लस टु संचालन गरेको हो । मुलतः अधिकांश विद्यालयमा प्लस टु संचालन भएका छन् तर गुरुकुलले अलि फरक भिजन र फरक शैक्षिक प्रणालीबाट प्लस टु संचालन गरेको विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेले बताउनुभयो । गुरुकुल एकेडेमीले कक्षा ११मा भर्ना हुने विद्यार्थीहरूलाई निःशुल्क ल्यापटप प्रदान गरेको छ । जसले गर्दा विद्यार्थीहरूलाई प्रविधियुक्त शिक्षण सिकाईमा सहयोग गर्दछ । इन्टरनेटको माध्यमबाट पढाइ हुने उक्त बिद्यालयमा डिजिटल बोर्डहरु राखिएको छ । गुरुकुलमा अहिले विद्यार्थी पाठ्य पुस्तकमामात्र सिमित नभई ल्यापटप र डिजिटल बोर्डमा आधारित रहेर अध्ययन गर्दै आएका छन् । विद्यालयमा लाइब्रेरी, ई–लाइब्रेरी र अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा आधारित प्रयोगशालाको व्यवस्था पनि गरिएको स्कुलले गरेको छ ।

प्लस टुको लागि छुट्टै सुविधा सम्पन्न भौतिक पुर्वाधार रहेको छ । विद्यार्थीको लागि आवश्यकता अनुसार बोटानिकल भ्रमण पनि गराइने तथा व्यवस्थापन सङ्कायका लागि उद्योग भ्रमण गराइदै आएको छ । पढाई मात्र नभएर अतिरिक्त क्रियाकलापहरू हर्स राइडिङ , स्विमिङ , फुटबल ,बास्केट बल , भलिबल , लगायतका खेलहरू दक्ष प्रशिक्षकबाट प्रशिक्षण पनि दिइदै आएको छ ।

नै फरक शिक्षण विधिबाट जीवन उपयोगी, व्यवहारिक शिक्षामा जोड दिँदै आएको गुरुकुल एकेडेमीले वर्तमान शिक्षाबारे एउटा बहस समेत सिर्जना गरिदिएको छ । शैक्षिक गुणस्तर दिन सकियो भने कसरी छोटो समयमै पनि उत्कृष्ट विद्यालय बन्न सक्छ र अभिभावकको रोजाईमा पर्न सक्छ भन्ने पछिल्लो उदाहरण पनि हो, दाङ घोराही–१५ रतनपुर स्थित गुरुकुल एकेडेमी । घोकन्ते र सैद्धान्तिक शिक्षण प्रणालीले शिक्षाको वास्तविक लक्ष्य प्राप्त नहुने भन्दै बालबालिकाको निहित प्रतिभा उजागर गर्दै जीवन व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने अठोटका साथ गुरुकुलले प्लस टु संचालन गरेको छ ।

‘गुरुकुलले प्रदान गर्ने शिक्षण सिकाइ तरिकामा परिवर्तन ल्यायो र शिक्षक साथीहरूले गर्नुभएको मेहेनतसँगै अभिभावकले विश्वास गरिदिनुभयो त्यस कारण गुरुकुल कान्छो विद्यालय भएर पनि जिल्लाकै प्रतिष्ठित र अब्बल विद्यालयको रुपमा अहिले स्थापित भएको छ । जसको फलस्वरुप प्लस टु सम्मका कक्षा सञ्चालनमा छन् । प्लस टु कक्षा मै उच्च शिक्षाका लागि मेडिकल र इञ्जिनियरिङ संकायमा शैक्षिक तयारी कक्षा सञ्चालन गर्ने गरी काठमाडौंका नेम र पिइए जस्ता शिक्षण संस्थासँग शैक्षिक साझेदारी गरिएको छ । जहाँ गुरुकुलमा प्लस टुमा अध्ययनरत विद्यार्थीहरुले इन्ट्रान्स कक्षाहरू तयारी गर्ने अवसर पाउनेछन् ।


गुरुकुलले शिक्षण सिकाईका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै शैक्षिक अवार्ड समेत प्राप्त गरेको छ । विद्यालयले अन्तर्राष्ट्रिय शिक्षाका लागि आवश्यक पूर्वाधार पूरा गर्दै आइएसओ, आइएस ए,ग्लोबल कम्पीटेन्सी जस्ता अन्तर्राष्ट्रियस्तरका अवार्ड प्राप्त गरिसकेको छ । त्यस्तै विट्रिस काउन्सीलले प्रदान गर्दै आएको आइ एस ए अवार्ड विद्यालयले सन् २०१६ देखि २०१९ र २०२० देखि २०२२ मा गरी दुई पटक प्राप्त गरेको छ । शिक्षाका लागि आवश्यक सबै मापदण्ड र सूचकहरू पूरा गर्दै विद्यालयले शैक्षिक मान्यताका महत्त्वपूर्ण अवार्डहरू प्राप्त गरेको छ । ‘शिक्षामा अन्तर्राष्ट्रिय स्तरको तोकिएको मापदण्ड अनुसारको शिक्षा प्रदान गर्न थुप्रै आधार तयार भइसकेका छन । सोही अनुसार विद्यालयमा पर्याप्त पूर्वाधारदेखि शैक्षिक जनशक्ति तयार गरिएको छ । गुरुकुल एकेडेमीले शैक्षिक सत्र २०७९/८०का लागि प्लस टुमा प्रि रजिष्ट्रेसन पनि खुला गरेको छ ।

