लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री (वली)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । वाईसिएलका नेता एकराज बस्नेतकी श्रीमति र छोरीलाई कुटपिट गरेको भन्दै प्रहरीले राज्य मन्त्री वलीलाई नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार वलीसंग यो विषयमा अनुसन्धानकालागि नियन्त्रणमा लिइएको हो । बस्नेतकी श्रीमति र छोरीले आफूमाथि राज्यमन्त्री वलीले हातपात गरेको आरोप लगाएका छन् । मन्त्री नहुँदै बस्नेतसंग खिचेको सेल्फी भाइरल भएको थियो ।
त्यसपछि बस्नेतसंग राज्यमन्त्री वलीको सम्बन्ध रहेको आँकलन गरिएको थियो । तुलसीपुर ५ बसपार्क स्थित घरमै गएर कुटपिट गरेको भन्ने सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । बस्नेत भने सम्पर्क विहीन छन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस