धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रभाव र नियन्त्रण सम्बन्धि अन्तरक्रिया

दाङ । धु्रमपान तथा सुर्तीजन्य पदार्थको प्रभाव र नियन्त्रण सम्बन्धी अन्तरक्रिया घोराहीमा गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र हेल्थ टुडे मासिकको संयुक्त आयोजनामा आज भएको कार्यक्रममा सुर्तीजन्य बस्तुको प्रयोगले मानव स्वास्थ्यमा परिरहेको क्षति र असरबारे जानकारी गराउँदै सरोकारवालाको भूमिका कार्यान्वयनका पक्षमा छलफल गरिएको हो ।
हेल्थ टुडेका अध्यक्ष पदमराज जोशीले विश्वमा ८० लाख मानिस धुम्रपान सेवनका कारण हुने गरेको बताए । यस्तै, नेपाल हेल्थ रिसर्च काउन्सिलका अनुसार नेपालमा पनि २७ हजार १३७ जना मानिसको नेपालमा वार्षिक मृत्युु हुने गरेको तथ्यांक प्रस्तुत गरे । नसर्ने रोगको रुपमा बिकराल बन्दै गएको सुर्तीजन्य रोगका कारण ठुलो मात्रामा स्वास्थ्य, आर्थिक, सामाजिक क्षति हुने भएको हुँदा यसको नियन्त्रण गर्न सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए ।
नियमनका लागि राज्यले सुर्तीजन्य बस्तुमा कर वृद्धिले मात्रै नपुग्ने भन्दै स्वास्थ्य सूचना र सचेतना निरन्तर प्रवाह गर्नुपर्ने तथा ऐन कानुन कडाइका साथ लागू गर्नुपर्ने उनको भनाइ थियो । सो अवसरमा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले सार्वजनिक स्थलमा, सार्वजनिक या निजि सवारीमा, सुर्तीजन्य बस्तुको पकेट ७५ प्रतिशत सचेतना, संचारमाध्यममा प्रचारप्रसारमा रोक प्रभावकारी बनाउन सके मात्रै धेरै सफलता मिल्ने बताए ।
यस्तै, ऐन कानुन परिपालनामा कडाइ गर्ने, सचेतना फैलाउने, प्रयोगकर्ता स्वयंले व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिए । आफ्नै जीवनसँग जोडिएको नसर्ने रोग अत्यन्तै जटिल बन्दै गएकाले सबै पक्ष गम्भीर बन्नु पर्ने बताउँदै नियमन गर्ने निकायले कडाइका साथ कारवाही गर्नुपर्ने उनको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा दाङमा सुर्तीजन्य बस्तुको प्रयोगले पारेको असर र देखा परेका समस्याका बारेमा बृहत छलफल भएको थियो । कार्यक्रमको सहजीकरण लोकराज भट्टले गरेका थिए ।