राप्ती अञ्चल वजार प्रतिनिधि एशोसियन दाङमा नया नेतृत्व चयन

दाङ । राप्ती अञ्चल बजार प्रतिनिधि एशोसियन दाङमा नया नेतृत्व चयन भएको छ । एशोसियसनको ८आंै साधारण सभा तथा चौथो आंै अधिवेसनले नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेसनले केशव वुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्ष कमल चौधरी, सचिव प्रेमलाल चौधरी, सहसचिव वामदेव भण्डारी, कोषाध्यक्ष जगुलाल चौधरी रहेका छन् ।
सदस्यहरुमा वशन्त विसी, वुद्धिराम चौधरी, शुसिल चौधरी, रोमलाल आचार्य, हेमन्त चौधरी र एकराज चौधरी रहेका छन् । समितिको सल्लाहाकारमा सुदीप भण्डारी, तेजवहादुर बस्नेत, विजयकुमार श्रेष्ठ रहेका छन् ।
अधिवेसन उद्घाटन कार्यक्रम राप्ती अञ्चल बजार प्रतिनिधि एशोसियन दाङका अध्यक्ष दिनानाथ शर्माको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको प्रमुख आतिथ्यता एवम सल्लाहाकार सुदिप भण्डारीको विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा गल्ला तथा किराना व्यवसायी समितिका अध्यक्ष विनोदप्रसाद पाण्डे, राप्ती अञ्चल बजार प्रतिनिधि एशोसियनका तुलसीपुर शाखाका प्रतिनिधि शकर पोख्रेल, राप्ती अञ्चल लिर्कश एशोसियसनका उपाध्यक्ष तेजप्रसाद पौडेल (विश्व) सदस्य दिनेश श्रेष्ठलगायतकाले भनाई राखेका थिए ।
उपाध्यक्ष नेपबहादुर बस्नेतको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केशव वुढाथोकीले गरेका थिए । सो अवसरमा लगीनशिल तथा अनुशाशित सदस्य शिवराज वलीलाई पुरस्कृत गरिएको थियो ।