२०८० असोज ५ गते शुक्रवार

तुलसीपुरमा रहेका होटलहरुलाई दर्ता तथा नवीकरण गर्न आग्रह

दाङ । तुलसीपुर होटल व्यवसायी समितिले तुलसीपुर क्षेत्रमा रहेको होटलहरूलाई नवीकरण तथा दर्ता गर्न आग्रह गरेको छ । शनिबार तुलसीपुरमा बसेको समितिको बैठकले आग्रह गरेको हो । समितिका अध्यक्ष टेकराम खड्काको अध्यक्षतामा बसेको बैठकले लामो समयदेखि तुलसीपुरमा सञ्चालन भएका होटलहरू दर्ता नभएकाले तत्काल नवीकरण गर्नको लागि आग्रह गरिएको अधिवेशन उपसमिति संयोजक दोर्ण आचार्यले बताए ।

त्यस्तै उनले तुलसीपुरमा पनि नयाँ होटलहरू सञ्चालन भइरहेको भन्दै ति होटलहरूलाई पनि समितिमा दर्ता गर्न आग्रह गरिएको बताए । उनका अनुसार यही जेठ ३० गतेदेखि असार १० गतेसम्म नयाँ दर्ता गर्न र पुरानालाई नवीकरण गर्नको लागि समय तोकिएको छ । त्यस्तै बैठकले नयाँ दर्ता गर्नको लागि र नवीकरण गर्नको लागि ५ सय मूल्य निर्धारण गरेको पनि उनले बताए । समितिमा हालसम्म ८३० वटा मात्र होटलहरू दर्ता भएको भन्दै उनले कोरोना महामारीका कारणले गर्दा पनि विगतका वर्षहरूमा नवीकरण गर्न समस्या भएको पनि उल्लेख गरे ।

त्यस्तै समितिको साधारणसभा आउँदो असार २५ गते हुने भन्दै तोकिएको समयमा आआफ्ना होटलहरू दर्ता गर्न पनि आग्रह गरिएको छ । बैठकमा इन्द्र बहादुर बस्नेत भुपेन्द्र डाँगी, दोर्ण आचार्य, अमर खनाल, तुफान केसी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस