बालश्रमका विषयमा अन्तरक्रियात्मक कार्यक्रम

दाङ  । तुलसीपुर महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा आज तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा राहत वितरण तथा बालश्रम मुक्त वडा घोषणा गर्न अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
 
तुलसीपुर उपमहानगरपालिकालाई बालश्रम मुक्त उपमहानगरपालिका बनाउनका लागि प्रत्येक वडालाई बालश्रम मुक्त घोषणा गर्ने भन्दै तुलसीपुर १८ लाई बालश्रम मुक्त वडा गराउनका लागि आज बिभिन्न सरोकारवालाहरूसँग छलफल भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले बालबालिका काचो माटो भएकाले उनीहरुलाई आजैबाट जुन काम सिप सिकायो त्यसैमा लाग्ने भएकाले उनीहरूको शिक्षा, दिक्षाको ग्यारेन्टीका लागी स्थानीय सरकारले काम अघि सारेको र त्यसको विषयमा बिभिन्न ब्यक्तिहरू सँग छलफल भइरहेको बताए । 

साथै उनले कोही कसैले पनि बालबालिकाहरूलाई श्रममा प्रयोग गरेको पाइएमा कानुन अनुसार सजाय हुने भन्दै बालबालिकाहरूलाई उनीहरूको सर्वाङ्गीण विकासका लागि उनीहरूका अनिवार्य आवश्यकताहरू पूरा गरिदिन अभिभावकहरूलाई आग्रह समेत गरे । साथै उनले त्यस्ता विद्यार्थी जो शिक्षाबाट बञ्चित भएका त्यस्ताका लागि उपमहानगरपालिकाले विशेष कदम चाल्ने समेत बताए ।
 
कार्यक्रममा तुलसीपुर १८ का अध्यक्ष माधव वलीले वडालाई सकेसम्म यहीँ असार मसान्तभित्र बालश्रम वडा मुक्त गर्ने र केही त्यस्ता समस्या देखिएमा त्यसको समाधान गरी भदौ २९ गते राष्ट्रिय बालबालिका दिवसका दिन गर्ने भन्दै श्रममा परेका बालबालिकाहरूको उद्धार र उनीहरूको पालनपोषणका लागि वडाले सधैँ काम गर्ने बताए ।

कार्यक्रममा उपमेयर स्यानी चौधरीले बालबालिकाहरूका लागि विगत लामो समयदेखि काम गर्दै आएको र आफ्नो कार्यकालमा तुलसीपुर उपमहानगरपालिकालाई बालबालिकाहरूको क्षेत्रमा नमुना उपमहानगरपालिका बनाउने भन्दै कोही कसैलाई असमान व्यवहार नगरी समान व्यवहार गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
 
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष मानबहादुर रावत, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्याल, उद्योग वाणिज्य संघ तुलसीपुरका अध्यक्ष रामप्रसाद चालिसे, नेकपा एमालेका जिल्ला सदस्य एवं मानव अधिकारकर्मी नवराज लामिछाने, वडा नं. १८ का वडासदस्य धन बहादुर बस्नेत, वडा नं. १८ कि सचिव रामकुमारी मरासिनी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा महिला बालबालिका तथा सामाजिक बिकास शाखाले ११ वर्षकी सुस्मिता  बिष्ट र वर्ष १० कि सुनिता रोकालाई जनही ५/५ हजारका दरले उनीहरूको शिक्षाका लागि राहत बितरण गरेको थियो । 

तुलसीपुर १८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आथित्यमा भएको कार्यक्रमको सहजीकरण महिला बालबोलीका तथा सामाजिक विकास शाखाकी प्रमुख माया श्रेष्ठले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस