घोराही क्षेत्रका अधिकांश सुनचाँदी पसलमा प्रमाणीकरण नभएका काँटा
![](https://sajhatimes.com/wp-content/uploads/2022/06/Screenshot-2022-06-09-121922.png)
घोराही । घोराही क्षेत्रका अधिकांश सुनचाँदी पसलमा प्रमाणीकरण नभएका काँटा भएको पाइएको छ । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा र राजश्व अनुगमन शाखाको संयुक्त अनुगमन टोलीले सुन पसलमा राखिएका डिजिटल काँटा नवीकरण नभएको पाइएको जनाएको छ ।
घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका संयोजक श्रीधर अधिकारीले सुनचाँदी अनुगमन गरिएकामध्ये कुनै पनि पसलमा पसलमा नवीकरण गरिएको डिजिटल काँटा नपाइएको जानकारी दिए ।
यसैबिच सुनचाँदी घोराही दाङका अध्यक्ष विनोदकुमार रसाइलीले नवीकरण नभएका सबै सुनचाँदी पसलका तौल उपकरण तुरुन्त नवीकरण गर्ने बताए । उनले नारायणपुर खैरादेखि भालुबाङसम्म रहेका १५० बढी सुनचाँदी पसल सबैका डिजिटल काँटा नवीकरण गर्न समन्वय गर्ने बताए ।
यस्तै उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोखेलले डिजिटल काँटा यथाशीघ्र नवीकरण गर्न गर्न समन्वय गर्ने बताए । जिल्लामा रहेका सबै व्यवसायीमा नापतौल उपकरण नवीकरणको समस्या आएको उनको भनाई छ ।