मेट्रो हस्पिटालिटी र वेस्टन पार्टी प्यालेस थ्रिस्टारको सूचिमा

दाङ । तुलसीपुरमा रहेको मेट्रो हस्पिटालिटी प्रालि र वेस्टन पार्टी प्यालेस थ्रिस्टारको सूचिमा परेका छन् । खाद्य सुरक्षाका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले गरेको अनुगमन तथा मूल्याङ्कनमा मेट्रो र वेस्ट्रनले विभिन्न सुचकमा ९० अङ्क प्राप्त गरि थ्रिस्टारको सूचीमा पर्न सफल भएका हुन् । सोमवार र मंगलबार गरिएको अनुगमनमा तुलसीपुर उपमहानगरपालिका भित्र रहेका २४ वटा होटलहरू मध्ये नौ वटा होटल उत्तम, ७ वटा सन्तोषजनक र अरु सामान्य सूचीमा परेका छन् भने एउटा होटलले ५० भन्दा कम अङ्क प्राप्त गरेर मापनको कुनै पनि सूचीमा परेन ।
द रुपटप बार एण्ड क्याफे, अमृत मम रेष्टुरेन्ट, रुकुमेली झिम्रुक गेष्ट हाउस, आठविसकोट होटेल र विगवेली फ्याम्ली रेष्टुरेन्ट सामान्यको सूचिमा परेका छन् । यस्तै न्यू रेन्बो रेष्टुरेन्ट एण्ड लज, रुकमेली रवि गंगा होटेल , सहुलियत वार , डिलाइट कर्नर द फ्याम्ली रेष्टुरेन्ट ,होटेल मानसरोवर, गनपति मिष्ठान्न भण्डार र खनाल होटेल सन्तोषजनकको सूचिमा परेका छन् । यसैगरी सहुलियत मेघा किचन, द लण्डन करी, कुमाख फुड क्याफे, क्लाउड , ह्स्त्याग रेष्ट्रो एण्ड लज, युवम फुड एण्ड स्टे, क्राउन रेष्टुरेन्ट लज र एकान्त रेष्टुरेन्ट होटेल उत्तमको सूचिमा परेका छन् ।
होटलको गुणस्तर मापन अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चारवटा क्षेत्रमा गर्ने गरीएको छ । ९० अंकभन्दा माथि संक प्राप्त गर्ने अति उत्तम , ८० भन्दा माथि र ८९ भन्दा कम अंक प्राप्त गर्नेलाई उत्तम ,६५ देखि ७९ अंक प्राप्त गर्नेलाई सन्तोषजनक र ५० देखि ६४ सम्म अंक प्राप्त गर्नेलाई सामान्यको लोगो टाँस गर्ने गरिएको हो ।तुलसीपुर क्षेत्रमा रहेका होटलहरुको सेवा , खाद्यवस्तु , सरसफाईलगाएतका सूचाङकमा राखेर होटलको स्तरीकरण सुरु गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख उज्वल रायमाझीले बताएका छन ।
अनुगमनमा स्थानीय खाद्य स्वच्छता समूहका संयोजक दोर्ण आचार्य, सदस्य, सचिव, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका राजेश चौधरी, प्रहरीका प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा होटलको अनुगमन तथा मूल्याङ्कन गरिएको हो । अनुगमन बुधबार पनि जारी रहने प्रमुख रायमाझीले जानकारी दिएका छन ।