सिस्ने खोलामा पुल निर्माणको ९५ प्रतिशत काम सम्पन्न

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ४ सिस्ने खोलामा निर्माण भैरहेको पुल निर्माणको काम अन्तिम चरण पुगेको छ । घोराही लमही सडकखण्ड अन्तरगत पर्ने सिस्ने खोलामा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

विभिन्न कारणले समयमै निर्माण सम्पन्न हुन नसकेको पुलको काम सम्पन्न गर्नका लागि ६ महिना समय थप गरिएको छ । थप गरिएको समय अनुसार २०७८ वैशाखसम्म काम सम्पन्न हुनुपर्छ । सिस्ने खोलामा निर्माणाधिन उक्त पुलको ९५ प्रतिशत काम सकिएको पिटी ईन्चार्ज तिलसिङ पुनले जानकारी दिए ।

यो पुल २०७७ कात्तिक महिनामा सम्पन्न गरिसक्नुपर्ने हो । तर कोरोनाका कारण ६ महिना म्याद थप गरिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । ६ करोड ६ लाख ४० हजारमा निर्माण गर्ने गरी डिभिजन सडक कार्यालय तथा एडभेन्चर जेबि जेभि कम्पनि बीच सम्झौता भएको थियो । पुलको ९० मिटर लम्बाई र ९.६० मिटर चौडाइ रहेको सो पुल दुइतर्फी गाडी चल्ने गरी बनाइएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस