घोराहीमा राजश्वको बजार अनुगमन जारी

घोराही । घोराही उपमहानगरपालिकाको राजश्व शाखाले गरिरहेको बजार अनुुगमन जारी छ । घोराही १५ न्यूरोडमा गरिएको अनुगमनमा उपनगरपालिकामा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको, दर्ता गरेका केहिले नविकरण नगरेको, घरधनीले बुुझाउनपर्ने बहाल कर नतिरेको पाइएको घोराही उपमहानगरपालिका राजश्व शाखाका संयोजक कुमार खड्काले जानकारी दिए ।

ऋण निकाल्नका लागि बैंकले पान नं. र घरेलु तथा साना उद्योग कार्यालयको दर्ता अनिवार्य गरेको तर उपनगरपालिकामा राजश्व बुुझाए नबुुझाएकोप्रति चासो नदिने गरेकाले उपनगरपालिकामा दर्ता नगरी व्यवसाय चलाउने गरेको पाइएको खड्काको भनाई छ ।

अनुगमनमा वडा कार्यालयमा प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि घोराही उपनगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रतिनिधि, घरेलु कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस