घोराही उपमहानगरद्वारा रेडक्रसलाई मोटरसाईकल हस्तान्तरण

घोराही । घोराही उपमहानगरपालिकाले नेपाल रेडक्रस सोसाईटी घोराही उपशाखालाई एक थान मोटरसाईकल हस्तान्तरण गरेको छ । विपदको समयमा छिटो छरितो र सहज ढंगले नागरिकहरुको सेवाका खट्न सहयोग पुग्ने उद्देश्यले मोटरसाईकल हस्तान्तरण गरिएको हो ।
नगर उपप्रमुख हुमाकुमारी डिसीले प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, जिन्सी शाखा प्रमुख उमेश शर्माको उपस्थितीमा नेपाल रेडक्रस सोसाईटी घोराही उपशाखाका सभापति थम्मन चौधरीलाई मोटरसाईकलको ब्लुबुक र साँचो हस्तान्तरण गरेका थिए ।
उक्त अबसरमा नगर उपप्रमुख डिसीले कुनैपनि विपदको समयमा नागरिकको सेवामा खट्न सजिलोका लागि मोटरसाईकल उपलब्ध गराईएको र यसको सहि सदुपयोग गर्न आग्रह गरिन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस