दंगिशरणमा महिलालाई सिलाइकटाइ तालिम

दाङ । दाङको दंगिशरण गाउँपालिका वडा नम्बर पाँचका महिलाहरूलाई एक कार्यक्रमका बीच एक महिने सिलाइकटाइ कार्यक्रमको उद्घाटन गरिएको छ । गाउँपालिकाको उपाध्यक्ष पिमाकुमारी खड्का ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर पाँचका बीस जना महिलालाई उक्त तालिमको आयोजना गरिएको हो ।
कार्यक्रमका अतिथि नेकपा माओवादी प्रदेश कमिटी सदस्य हिरालाल चौधरीले गाउँघरमा महिलालाई यसरी तालिम प्रदान गर्नु वडा सरकारको राम्रो र सही कार्य भएको बताए । वडा अध्यक्ष निरज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य भुमप्रसाद देवकोटाले दिएका थिए भने कार्यक्रमको सञ्चालन वडा सचिव प्रेम चौधरीले गरेका थिए । एकमहिने सम्म चल्ने उक्त तालिमको प्रशिक्षकमा दिपा चौधरी रहेकी छिन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस